Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ​बाराको भवानीपुर जीतपुरका तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    सार्वजनिक सम्पत्ति हानि नोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविकको आदर्श गाविस भवानीपुर जीतपुर, बारा हाल जीतपुरसिमरा उपमहानगरपालिका का तत्कालीन सचिवले विभिन्न आर्थिक वर्षमा गाविसमा विनियोजन भएको रकम हिनामिना गरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

    images

    अनुसन्धानका क्रममा अन्सारीले गुदरी बजार र मीना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा अपनाएको विधि पारदर्शी नभएको खुलेको थियो । साथै उनले सटर उपलब्ध गराउँदा लिएको धरौटी बापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाई बरबुझारथ समेत नगरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij