
May 07 2025 | २०८२, वैशाख २४ गते
काठमाडौं । कैलालीमा एक युवकले सार्वजनिक स्थलमै प्रहरीमाथि चक्कु प्रहारको प्रयास गरेका छन् । मङ्गलवार राति करिब सवा ८ बजे हातमा चक्कु लिएर धनगढी ट्राफिक चौराहामा ड्युटीमा रहेका प्रहरीमाथि धनगढी–१४ का टेकबहादुर टमाटा चक्कु प्रहारको प्रयास गरेका हुन् ।
’हरहर महादेव’ भन्दै सडकमा होहल्ला गर्दै हिँडिरहेका युवकले प्रहरीमाथि लखेट्दै चक्कु प्रहार गर्न लागेको भिडियो पनि सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका छन् ।
टमटाले चक्कु नचाउँदै होहल्ला गर्दै हिँडेपछि नियन्त्रणको प्रयास गरिएको थियो । हातमा धारिलो हतियार भएको हुँदा उनलाई नियन्त्रण नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।
स्थानीय र प्रहरीको सक्रियतामा उनलाई केही बेरपछि नियन्त्रणमा लिइएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij