Logo

Sep 02 2025 | २०८२, भदौ १७ गते

Sep 02 2025 | २०८२, भदौ १७ गते

‘रेड नोटिस’ जारी भएकी फरार महिला युएईबाट पक्राउ

‘रेड नोटिस’ जारी भएकी फरार महिला युएईबाट पक्राउ

  • काठमाडौं । ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएर फरार रहेकी एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा रूपन्देही बुटवल उपमहानगरपालिका-१ घर भएकी सरिता घर्ती मगर रहेकी छन् । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको छ ।

    images

    उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० माघ १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

    उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरी बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij