Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

नयाँ कीर्तिमान राखेका मोदीलाई प्रधानमन्त्री बालेनले दिए बधाई

नयाँ कीर्तिमान राखेका मोदीलाई प्रधानमन्त्री बालेनले दिए बधाई

  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई  भारतको इतिहासमा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारीक एक्स ह्यान्डलबाट मोदीलाई बधाई दिइएको हो । साथै मोदीको स्वास्थ्य र भारतीय जनताको निरन्तर प्रगति एवं समृद्धिको कामनासमेत गरिएको छ। 

    AGNI GROUP

     स्टाटसमा भनिएको छ, ‘हामी हाम्रो सम्बन्धलाई एकदमै महत्त्व दिन्छौँ र त्यसलाई अझै बलियो बनाउन तत्पर छौँ।’

    फम_khdMaK9frI.jpg
    undefined

    भारतको लोकतान्त्रिक इतिहासमा मोदीले लगातार निर्वाचित प्रधानमन्त्रीमा सबैभन्दा बढी समय काम गर्ने प्रधानमन्त्रीको रेकर्ड बनाएका छन् । उनले भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको ६ दशक पुरानो रेकर्ड तोडेका हुन् ।

    मोदी लगातार प्रधानमन्त्री बनेको बुधबार ४ हजार ३९९ दिन पूरा भएको छ । जबकि नेहरुको कार्यकाल लगातार ४ हजार ३९८ दिनको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी २०१४ मे २६ मा पहिलोपटक प्रधानमन्त्रीको शपथ लिएका थिए। त्यसपछि उनी लगातार प्रधानमन्त्री छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij