Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

जनयुद्ध दिवसको अवसरमा आज सुदूरका दुई पालिकामा बिदा

जनयुद्ध दिवसको अवसरमा आज सुदूरका दुई पालिकामा बिदा

  • काठमाडौं । जनयुद्ध दिवसको अवसरमा सुदूरपश्चिमका २ पालिकाले बिदा दिएका छन् । फागुन १ गते जनयुद्ध सुरु भएको दिनको अवसरमा नेकपा माओवादी केन्द्रले मनाउँदै आएको जनयुद्ध दिवसको अवसरमा दार्चुलाको नौगाड गाउँपालिका र अछामको रामारोशन गाउँपालिकाले स्थानीय बिदा दिएका हुन ।

    images
    images
    images

    माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौँको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् । सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ । सोही दिनको सम्झनामा यसअघि सरकारले देशभर सार्वजनिक बिदा दिएर पहिलो पटक २०७९ सालमा जनयुद्ध दिवस मनाएको भए पनि सर्वोच्च अदालतले बिदा खारेज गरेको छ । बिदा खारेज गरिएको भए पनि सुदूरपश्चिमका दुई पालिका सहित देशभरका केही पालिकाले आज बिदा दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij