Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

मकुना हात्तिको हत्या गरेको भन्दै काठमाडौंमा विरोध

मकुना हात्तिको हत्या गरेको भन्दै काठमाडौंमा विरोध

  • काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले मकुना नामको हात्तीको हत्या गरेको भन्दै पशुअधिकारकर्मीले विरोध जनाएका छन् ।

    images
    images
    images

    बिहीबार काठमाडौंको बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाहिर प्रदर्शन गर्दै पशु कल्याण संघ नेपालले मकुना नामको हात्तीको हत्या गर्नेलाई कारबाही गर्नसमेत माग गरेका छन् ।

    सुरक्षाका नाममा हात्तीलाई सिधै गोली हानेर हत्या गरिएको संघको आरोप छ । प्रदर्शनमा सहभागीहरुले मकुनालाई न्याय दे, राष्ट्रिय निकुञ्ज मकुना–रोनाल्डोहरुको हो, आत्मरक्षाका नाममा निर्दोष जनावरको हत्या बन्द गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    पशु कल्याण संघ नेपाली अध्यक्ष स्नेहा श्रेष्ठले मकुना हात्तीलाई निर्ममता पूर्वक हत्या गरेको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

    उहाले दोषीलाई कारबाही नभएसम्म निरन्तर दवावका कार्यक्रम आयोजना गर्ने उल्लेख गरे । चितवन राष्ट्रिय निकुञ्जले भने सुरक्षा टोलीलाई आक्रमण गर्न आएपनि आत्मरक्षाका लागि गोलि चलाउनुपरेको बताउदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij