
May 07 2025 | २०८२, वैशाख २४ गते
काठमाडौं । बाजुरामा एक बालिकामाथि सामूहिक करणी भएको छ । बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया बालिकामाथि तीन जनाले सामूहिक करणी गरेको आरोपमा उजुरी परेको हो ।
माघ २१ गते साँझ घरनजिकै सडकमा हिँड्दै गरेकी तीन जनाले सामूहिक करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । पीडित पक्षले घटना भएको चार दिनपछि माघ २५ गते तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका हुन् ।
करणी आरोपमा बुढीगंगा नगरपालिका ६ बस्ने २५ वर्षका मार्सल थापा, २३ वर्षका किरण थापा र ४० वर्षका दीर्घ थापाविरुद्ध जाहेरी परेको छ । तीनै जना फरार रहेको र खोजिकार्य भइरहेको प्रहरीले जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij