Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

पाथीभरा केबुलकार निर्माणको समर्थकलाई धरानमा दुर्व्यवहार

पाथीभरा केबुलकार निर्माणको समर्थकलाई धरानमा दुर्व्यवहार

  • काठमाडौं । ताप्लेजुङस्थित पाथीभारामा केबलकार निर्माणको समर्थन गर्ने एक व्यक्तिमाथि धरानमा दुर्व्यवहार भएको छ । पाथीभरा केबलकार निर्माणको समर्थन गर्ने एक व्यक्तिमाथि धरान ९ स्थित होटेलमा कालोमोसो दलिएको हो ।

    images
    images
    images

    ताप्लेजुङको पाथीभरामा प्रस्तावित केबुलकार निर्माणको विरोधमा रहेको समूहले समर्थन गरेका पदम चेन्जी माबोलाई कालोमोसो दलेको हो । पीडित चेन्जी याक्थुङ चुम्लुङको कार्यक्रमका लागि ताप्लेजुङबाट धरान आएका थिए ।

    अहिले उनलाई थप सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरान लगिएको छ । केबुलकारको पक्षमा सामाजिक सञ्जालमा लेखेको भन्दै पदमलाई मोसो दलेको प्रत्यक्षदर्शी स्थानीय पत्रकार संजिता धमलाले बताइन ।

    पदममाथि सामाजिक सञ्जालमा केबुलकार विरोधीहरूलाई गाली गरेको आरोप केबुलकारको विरोधी समूहले लगाएका छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij