
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु भएको छ । उत्पादन र उत्पादकत्वको विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नाराका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा विभिन्न विषयमा प्यानल डिसकसन समेत हुनेछ ।
आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागेको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij