
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३२ दशमलव २१ अङ्कले घटेर २७१९ दशमलव २० को विन्दुमा पुगेको छ ।
मङ्गलबार ३०३ कम्पनीका ९२ हजार ३१ पटकको कारोबारमा १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपैयाँ रहेको छ ।
३२ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये बैङ्किङ समूहमा उछाल आउँदा अन्य राताम्मे छन् । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij