Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

बारामा बाघको आक्रमणबाट शर्माको मृत्यु

बारामा बाघको आक्रमणबाट शर्माको मृत्यु

  • काठमाडौँ । बाराको आधाभार जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    बाघको आक्रमणमा परी जितपुरसिमरा उपमहानगरपालिका–२२ दुई नं. पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेको प्रहरीले जानकारी दिएको छ ।

    images

    घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गर्दा आधाभार जंगलमा स्कुटी र घाँस भेटिएको थियो । 
    उनीहरुले प्रहरीलाई खबर गरेपछि नेपाली सेना सहितको टोली घटना स्थलमा पुगेको हो । त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा त्यही क्षेत्रमा चप्पल र केही रगतको दाग भेटिएको थियो ।

    शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमाट्मका लागि प्रादेशीक अस्पताल कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij