
Aug 27 2025 | २०८२, भदौ ११ गते
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ९९ हजारमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ९८ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २३४५ मा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार चाँदी तोलाको २३६० मा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij