
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमा भएको आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले विरोध ¥याली निकालेको छ ।
शनिबार बेलुका निकालीएको ¥यालीमा सहभागी पत्रकारहरुले पत्रकार सुरेश रजकको हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रेस स्वतन्त्रता माथिको आक्रमणलाई निस्तेज पार्न दबाब दिएका छन् ।
विरोध ¥यालीमा सहभागी धनुषाका पत्रकारहरुले ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर,’ ‘प्रेस स्वतन्त्रता कायम गर,’ ‘आन्दोलनको नाममा पत्रकार मार्न पाइदैन,’ ‘मिडिया हाउसमा तोडफोड गर्न पाइदैन’जस्ता नाराहरु लेखिएका प्ले कार्ड बोकेका थिए ।
नेपालपत्रकार महासंघ धनुषाशाखाको कार्यालयबाट सुरु भएको ¥याली भैरव चोक, राम चोक, जनक चोक, शिवचोक हुँदै भानुचोकमापुगेर पुनःजनक चोकमाआई कोणसभामा परिणतभएको थियो । कोणसभालाई सम्बोधनगर्दै नेपालपत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले पत्रकार रजकको हत्या प्रेस स्वतन्त्रता माथिको गम्भीर प्रहार भएको बताए ।
उनले सञ्चा रगृहमा भएको तोडफोडको क्षतिपूर्ति मागगर्दै पत्रकार रजकलाई शहीद घोषणा गर्न सरकारसँग माग गरे । ‘हामी चैत १६ गते स्थापना दिवस मनाउने उत्साहमा हुनु पर्नेमा दुःखद रूपमा शोकमा डुबेका छौं,’ गुप्ताले भने । उनले अहिले आन्दोलनकारीहरु समेत पत्रकार र मिडियाहाउस लाई लक्षित गरेर हिंसा मचाउँदै गरेको भन्दै सम्पूर्ण पत्रकारहरुलाई गोलबद्ध हुन अपिल गरे ।
¥यालीमा सहभागीदुई दर्जन भन्दा बढी पत्रकारहरुले महासंघको भवन अगाडि एक मिनेट मौन धारणगर्दै दिवंगत पत्रकार सुरेश रजक प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । उनीहरुले दीपप्रज्वलन गरेर रजकको सम्झनामा एकता बद्ध भएर आफूहरुको संघर्षलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहमा भएको आगजनीको घटनाले स्थानीय सञ्चार जगतमा ठूलो हलचल मच्चाएको छ । पत्रकार महासंघ धनुषाले यो घटनालाई प्रेस स्वतन्त्रता माथिको गम्भीर चुनौतीको रूपमा लिँदै दोषी माथि कडा कारबाहीको मागगर्दै यसप्रति राष्ट्रिय ध्यानाकर्षण गराएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij