Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने

विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने

  • काठमाडौं । विश्व बैंकले नेपाललाई १५० मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकबाट नेपालका रणनीतिक सडक सञ्जाल विस्तारका निम्ति उक्त वित्तीय सहायता दिने निर्णय गरिएको हो ।

    images
    images
    images

    सडक विभागमार्फत परिचालन गरिने उक्त सहायताबाट रणनीतिक सडक विस्तार गरिनेछ । पुलहरूको मर्मतसम्भारमा समेत रकम उपयोग गरिनेछ । नेपाललाई दिइने वित्तीय सहायता बोर्ड बैठकबाट अनुमोदन भएको विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निम्ति क्षेत्रीय निर्देशक डेविड सिस्लेनले जानकारी दिए ।

    रणनीतिक सडक विस्तारले बजार र सेवासम्मको पहुँचमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे । विश्व बैंकका अनुसार, यो कार्यक्रमले सडक विभागको क्षमता सुदृढ गर्न समेत सघाउ पुग्नेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij