
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । आज विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परेको छ ।
एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू २३९ रहेको छ । उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ ।
त्यस्तै दोस्रो स्थानमा भारतको दिल्ली, तेस्रो स्थानमा थाइल्याण्डको चियाङ्ग माइ र चौथोमा बङ्गलादेशको ढाका रहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij