
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य दुवै उडान प्रभावित भएका छन् ।
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज बिहानैदेखि बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।
हल्का वर्षा र आकाश धुम्मिएकोले विभिन्न गन्तव्यका लागि निर्धारित उडानहरू ढिलो हुन पुगेका छन् । यात्रुहरू विमानस्थलमा उडानको प्रतीक्षामा रहेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिनसम्म देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको जनाएको छ । विशेषगरी बागमती, कोशी र मधेस प्रदेशका जिल्लाहरूमा बिहानैदेखि पानी परिरहेको छ ।
यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij