Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

लागुऔषध

ब्राउन सुगर सहित एक व्यक्ति पक्राउ

ब्राउन सुगर सहित एक व्यक्ति पक्राउ

  • काठमाडौं । बाँके प्रहरीले लागुऔषध ब्राउन सुगर सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा नेपालगञ्ज उप-महानगरपालिका– १ प्रगतिटोल बस्ने २९ वर्षीय चुनचुन पासी रहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

    images

    उपरीक्षक घर्तीका अनुसार उनको साथबाट १०६ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद भएको छ । पासीले सेतो प्लास्टिकमा बेरिराखेको अवस्थामा उक्त लागुऔषध बरामद भएको हो ।

    आइतबार पक्राउ परेका पासीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले ब्राउन सुगरसहित पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij