
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा जिप दुर्घटना हुँदा एकजना कानुन अधिकृतको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको दमक नगरपालिकामा कार्यरत न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत छन् । उनको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको सञ्चार शाखाले जनाएको छ ।
चितवनबाट झापातर्फ गइरहेको मे १ च ३०४० नम्बरको स्कार्पियो जिप विहीबार साँझ दुर्घटना भएको थियो ।
सो दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij