Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

विवरण मागेर ठगी

नेपाल बैंकबाट आइरहने फोनको भित्री कथा

नेपाल बैंकबाट आइरहने फोनको भित्री कथा

  • काठमाडौँ । नेपाल बैंक लिमिटेडले बैंकबाट फोन गरेको भन्दै व्यक्तिगत विवरण मागेर ठगी गर्नेहरू बढेकोले सतर्क रहन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

    images
    images
    images

    विभिन्न सामाजिक सञ्जालहरू (फेसबुक, ट्विटर, युट्युब, टिकटक, ह्वाट्एप, इमो, भाइवर) मार्फत विभिन्न व्यक्ति वा समूहहरूबाट नेपाल बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटो, झुटा विवरणहरू, इमेल तथा लिंकहरू प्रयोग गरी ठगी गर्ने गरेको पाइएको छ । 

    उनीहरूले कर्जा स्वीकृत पत्र, चिट्ठा, उपहार कार्यक्रम, अनलाइन तथा पार्ट–टाइम रोजगारीको अवसरहरू, बैंकले सामाजिक सञ्जालहरूमा गरेका पोष्ट वा जानकारीहरूमा कमेन्ट गरिएका ग्राहकको जिज्ञासाहरूमा अनधिकृत व्यक्ति वा संस्थाहरूबाट स्क्याम लिङ्कहरू पठाउने, व्यक्तिगत विवरणहरू माग्ने गरेको पाइएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij