Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै लाखौँ ठगी, दुई जना पक्राउ

अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै लाखौँ ठगी, दुई जना पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रवीणकुमार शाह र काठमाडौँ महानगरपालिका-११ बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–४ घर भएकी ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका छन् ।

    images
    images
    images

    पक्राउ मध्ये प्रवीणले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख १८ हजार रुपैयाँ र प्रतिज्ञाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

    images

    पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सोमबार प्रवीणलाई काठमाडौँ महानगरपालिका–२३ वसन्तपुरबाट र प्रतिज्ञालाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij