Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

क्लब विश्वकप फुटबल

दोस्रो खेलमै बन्यो कीर्तिमान: क्लब विश्वकप

दोस्रो खेलमै बन्यो कीर्तिमान: क्लब विश्वकप

  • काठमाडौं । अमेरिकामा जारी क्लब विश्वकप फुटबलमा हालसम्म पाँच खेलमात्र सकिएका छन् । तर यस बीचमा विश्व फुटबल महासंघको (फिफा) विश्व कीर्तिमान बनेको छ ।

    images
    images
    images

    जारी क्लब विश्वकपको दोस्रो खेलमै यो कीर्तिमान बनेको हो । जर्मन क्लब बायर्न म्युनिखले न्युजिल्यान्डको अकल्यान्डमाथि १०–० गोलअन्तरले हराउँदा विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनेको छ ।

    images

    ईएसपीएन ग्लोबल रिसर्चका अनुसार– यो नतिजा फिफाद्वारा आयोजना गरिएको कुनै पनि सिनियर पुरुष प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा ठूलो हार रहेको हो ।

    क्लब विश्वकप सन् २००० मा सुरु भएको हो । यसअघि अहिलेसम्मको सबैभन्दा खराब नतिजा सन् २००२ मा अल हिलालको अल जजिरासँग ६–१ को हार थियो ।

    फिफा विश्वकप इतिहास ९ सन् १९३० देखि०मा पनि धेरै एकतर्फी खेल देखिएका छन्, तर अहिलेसम्म कुनैपनि खेल १० गोल अन्तरले हारिएको थिएन हंगेरीविरुद्ध एल साल्भाडोर १०–१ ९१९८२०, युगोस्लाभिया विरुद्ध जायरे ९–० ९१९७४० र हंगेरीविरुद्ध दक्षिण कोरिया ९–० ९१९५४० विश्वकप इतिहासका केही ठूला हार हुन् ।

    images

    आइतबारदेखि सुरु भएको क्लब विश्वकपमा हालसम्म पाँच खेल भएका छन् । उद्घाटन खेलमा आयोजक अमेरिकी क्लब इन्टर मायमी र इजिप्टको क्लब अल अह्लीबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

    यस्तै च्याम्पियन्स लिग विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई ४–० को फराकिलो अन्तरले हरायो ।

    यसैगरी ब्राजिलियन क्लब पल्मेरियस र पोर्चुगिज क्लब पोर्टोबीचको खेल गोलरहित बराबरीमा सकियो । यता अर्को ब्राजिलियन क्लब बोटाफोगोले अमेरिकी क्लब सेटे साउन्डर्सलाई २–१ ले हराएको छ ।

    क्लब विश्वकपमा जम्मा ३२ टोलीको सहभागिता छ । जम्मा ६३ खेल हुनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij