Logo

Jul 27 2025 | २०८२, साउन ११ गते

Jul 27 2025 | २०८२, साउन ११ गते

सत्याग्रह

दिक्तेल रुपाकोट मझुवागढीका मेयर शिर मुण्डन गरेर सत्याग्रहमा

दिक्तेल रुपाकोट मझुवागढीका मेयर शिर मुण्डन गरेर सत्याग्रहमा

उनले अहिले माइतीघरमै सत्याग्रह शुरु गरेका छन् ।

  • काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् ।

    images
    images
    images

    विभिन्न माग राख्दै सिंहदरबारको दक्षिण गेटमा कपाल मुण्डन गरेर सत्याग्रह बस्न खोजेपछि मेयर भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर माइतीघरमा छाडेको छ ।

    images

    उनले अहिले माइतीघरमै सत्याग्रह शुरु गरेका छन् । उनले स्थानीय स्रोत, सामाग्री र उत्पादनको प्रवर्द्धन, बजारीकरणका लागि सरकारले कानुन बनाए पनि कार्यान्वयन नगरेको भन्दै सत्याग्रह गरेको बताएका छन् ।

    भट्टराई शिर मुण्डन गरेर खाली खुट्टा, मुखमा पट्टी बाँधेर बाँसको घनासहित सत्याग्रहमा बसेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij