Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भारतका दिग्गज अभिनेता धीरज कुमारको निधन

भारतका दिग्गज अभिनेता धीरज कुमारको निधन

  • काठमाडौं । भारतका दिग्गज अभिनेता तथा निर्देशक धीरज कुमारको निधन भएको छ । ८० वर्षीय धीरजको मंगलबार मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा निधन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    निमोनियाका कारण उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो, जहाँ भेन्टिलेटरमा राखिएको थियो ।
    धीरज कुमार १९६० को दशकमा एक प्रसिद्ध पत्रिकाद्वारा आयोजित प्रतिभा खोजी प्रतियोगितामा भाग लिएर अभिनयको दुनियाँमा प्रवेश गरेका थिए ।

    AGNI GROUP

    उनले ‘उधर का सिन्दूर’, ‘सरगम’, ‘रोटी कपडा और मकान’, ‘स्वामी’, ‘रातों का राजा’, ‘हीरा पन्ना’, ‘क्रांति’, ‘माङ भरो सजना’, ‘पुरानो मन्दिर’, ‘कर्म युद्ध’, ‘बहुरूपिया’ जस्ता धेरै फिल्महरूमा काम गरेका छन् ।

    हिन्दी फिल्ममा काम गर्नुअघि धीरज कुमारले २० भन्दा बढी पञ्जाबी फिल्ममा पनि काम गरिसकेका थिए ।

    सन् १९८६ मा धीरज कुमारले आफ्नो निर्माण कम्पनी ‘क्रिएटिभ आइ’ स्थापना गरे । यस निर्माणमा धेरै चलचित्रहरू बाहेक लोकप्रिय पौराणिक धारावाहिकहरू पनि निर्माण भएका थिए ।

    उनको मृत्युपछि धेरै कलाकारहरूले समवेदना व्यक्त गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij