
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आएका सचिव मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा दुई देशबिचको आपसी सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार विमर्श भएको बताइएको छ । मिस्रीको भ्रमणलाई नेपाल–भारतबिचको कूटनीतिक तथा पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij