Logo

Aug 23 2025 | २०८२, भदौ ७ गते

Aug 23 2025 | २०८२, भदौ ७ गते

आजको मौसम: बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।

    images
    images
    images

    जसका कारण हाल देशभर मौसम साधारणतया बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी लगायत बाँकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    images

    महाशाखाका अनुसार आज दिउँसो भने देशभर साधारणतया बदली रही देशका पहाडी भू–भागका केही स्थान र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको भू–भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति पनि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij