Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

सराङकोटमा तीज मेला

सराङकोटमा तीज मेला

  • काठमाडौं । पोखराको सराङकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिद्वारा आयोजित ऐतिहासिक तीज मेला २०८२ शुभारम्भ भएको छ ।

    images
    images
    images

    मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । पर्यटकीय दृष्टिकोणले आफ्नो छुट्टै पहिचान कमाएको पोखराको सराङकोट क्षेत्र पछिल्लो समय धार्मिक तथा सांस्कृतिक रूपमा पनि परिचित बन्दै गइरहेको छ ।

    images

    यस प्रकारका मेला महोत्सवहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै सांस्कृतिक पक्षको समेत उजागर गर्ने नगर प्रमुख आचार्यले बताए ।

    विभिन्न समूहहरू बिच तीज गीत प्रतियोगिता लगायतका सांस्कृतिक कार्यक्रमहरू समेत समावेश उक्त मेला १० गतेसम्म चल्ने जानकारी आयोजकले दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij