Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । सरकारले काम सन्तोजनक नभएका ११ कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गरी ११ कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो ।
कालोसूचीमा परेका कम्पनीहरुमा रामबहादुर बुढा मुख्य व्यक्ति रहेको शुभ आर.एस. बिल्डर्स सप्लायर्स बाँके, छत्रबहादुर बुढा मुख्य व्यक्ति रहेको नविन निर्माण सेवा अछाम, मिथुन चन्द मुख्य व्यक्ति रहेको जेएमसी कन्स्ट्रक्सन प्रालि सुर्खेत, माधव घिमिरे मुख्य व्यक्ति रहेको कास्यम निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौं पनि कालोसूचीमा परेका छन् ।
यसैगरी होमबहादुर बस्नेत मुख्य व्यक्ति रहेको विशाल होम निर्माण सेवा उदयपुर, सुन्दर श्रेष्ठ मुख्य व्यक्ति रहेको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन बूढानीलकण्ठ काठमाडौं, मयंक शाह मुख्य व्यक्ति रहेको सगुन फेब्रिक्स प्राइभेट लिमिटेड मोरङ लगायत छन् ।
यस्तै कृष्णकुमार राई मुख्य व्यक्ति रहेको ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनी प्रालि काठमाडौं, सिताराम श्रेष्ठ मुख्य व्यक्ति रहेको जालपा निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौं, कर्णबहादुर बुढा मुख्य व्यक्ति रहेको मष्टा भवानी निर्माण सेवा डोल्पा र सहिदिन मियाँ मुख्य व्यक्ति रहेको शहीद निर्माण सेवा अर्घाखाँची पनि कालोसूचीमा परेका छन् ।
कास्यप निर्माण सेवा एण्ड सप्लायर्स दुई वर्षका लागि, मष्टा भवानी निर्माण सेवा डेढ वर्षका लागि र अन्य सबै एक वर्षका लागि कालोसूचीमा परेका छन् ।
कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनैपनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij