Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

सुदूरपश्चिममा प्रदेश सभा सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

सुदूरपश्चिममा प्रदेश सभा सम्बन्धी संशोधन विधेयक प्रमाणीकरण

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एउटा विधेयक प्रमाणीकरण गरिएको छ । बुधवार प्रदेश प्रमुख नजिर मियाँले ‘सुदूरपश्चिम प्रदेश सभाको सचिव तथा सचिवालय व्यवस्थापन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ लाई प्रमाणीकरण गरेका हुन् ।

    images
    images
    images

    २०७५ सालदेखि नै प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धी व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा थियो । असार १३ गते शुक्रवार बसेको छैटौँ अधिवेशनको १३औँ बैठकले यसलाई संशोधन गरेको थियो ।

    images

    असार २३ गते सभामुखले प्रमाणित गरेको विधेयक प्रमाणीकरणका लागि भदौ १० गते प्रदेश प्रमुख कार्यालय पुगेको थियो। आवश्यक अध्ययनपछि बुधवार प्रदेश प्रमुखले उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

    विधेयक प्रमाणीकरण भएपछि राजपत्रमा प्रकाशित हुने छ र ऐनको रूपमा कार्यान्वयन हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij