Logo

Aug 29 2025 | २०८२, भदौ १३ गते

Aug 29 2025 | २०८२, भदौ १३ गते

कैलालीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका चार जनाको शव फेला

कैलालीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका चार जनाको शव फेला

  • काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–९ भल्कास्थित खुटिया खोलामा पौडी खेल्ने बेपत्ता भएका चार जनाको शव फेला परेको छ ।

    images
    images
    images

    भाद्र १२ गते दिउँसो पौडी खेल्ने क्रममा सोही जिल्लाको धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने १७ बर्षिय सक्षम जोशी, हसनपुर बस्ने १७ बर्षिय प्रतिक चौधरी, सोही उपमहानगरपालिका–४ उत्तरबेहडी बस्ने १७ बर्षिय जाबेज भण्डारी र १५ बर्षिय जेब भण्डारी बेपत्ता भएका थिए ।

    images

    घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट पाँच जना गोताखोर, नम्बर ४३ रिजर्भ गण वनबेहडा कैलालीबाट विपद् व्यवस्थापन तथा नेपाल प्रहरीको संयुक्त टोली खोजतलासको लागि परिचालन भएको थियो ।

    करीब २ घण्टाको प्रयासपछि बेपत्ता भएका चारै जनाको शव फेला परेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट