
Sep 03 2025 | २०८२, भदौ १८ गते
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक आह्वान भएको प्रचार विभागप्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
भदौ २०–२२ मा गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफलका लागि बैठक बोलाइएको उनले बताए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ । ‘केन्द्रीय सचिवालयमा सबै दस्ताबेज प्रस्ताव गरेर विधान महाधिवेशनमा जाने कुरा हुन्छ,‘ उनले भने ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली चीन भ्रमणबाट भदौ १८ गते फर्कनेछन् । १९ गते सचिवालय बैठक बोलाइएको हो ।
केन्द्रीय कमिटी बैठक बस्ने चर्चा थियो । समय अभाव भएकाले पनि केन्द्रीय कमिटी बैठक बस्ने अवस्था नरहेको उनले बताए । ‘हामीले यसअघिको केन्द्रीय कमिटी बैठकको सुझाव लिइसकेका छौँ । विधान महाधिवेशनका प्रतिनिधि सार्वभौम हुनुहुन्छ । आफ्ना कुरा त्यही राख्न सक्नुहुन्छ,‘ गौतम भन्छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij