Logo

Sep 02 2025 | २०८२, भदौ १७ गते

Sep 02 2025 | २०८२, भदौ १७ गते

एभरेष्ट महिला भलिबल लिगको खेल तालिका सार्वजनिक

एभरेष्ट महिला भलिबल लिगको खेल तालिका सार्वजनिक

  • काठमाडौं । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । आयोजक इन्फनिटी ड्रीम्स प्रालिले भदौ २० देखि २८ गतेसम्म पोखरामा हुने लिगको खेल तालिका सार्वजनिक गरेको हो ।

    images
    images
    images
    सार्वजनिक तालिकाअनुसार पहिलो खेल साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच हुनेछ । उक्त खेल २० गते दिउँसो २ बजेबाट सुरु हुनेछ । सोही दिन दोस्रो खेल ललितपुर क्विन्स र मधेश युनाइटेडबिचको खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

    भदौ २६ गतेसम्म दैनिक दुई खेल हुनेछ । लिगमा ६ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले एकअर्कासंग खेल्नेछन् । शीर्ष दुईमा हुने टोलीले भदौ २८ गते उपाधिका लागि भिड्नेछन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij