Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

आर्थिक आतंक

ट्राफिक प्रहरीमाथि ‘आर्थिक आतंक’ को आरोप : व्यापारी र व्यवसायीले भने 'यो षड्यन्त्र हो'

ट्राफिक प्रहरीमाथि ‘आर्थिक आतंक’ को आरोप : व्यापारी र व्यवसायीले भने 'यो षड्यन्त्र हो'

स्थानीय व्यापारी र यातायात व्यवसायीले यो नियोजित प्रचार भएको दाबी गरेका छन्।

  • काठमाडौं । पछिल्ला दिनमा सामाजिक सञ्जालमा “कोटेश्वरमा ट्राफिक प्रहरीको आर्थिक आतंक” शीर्षकसहितको एक भिडियो तीव्र गतिमा भाइरल बनेको छ। भिडियोमा देखिने एक व्यक्तिले ट्राफिक प्रहरीमाथि धम्कीपूर्ण शैलीमा हरेक गाडीबाट १०० देखि ५०० रुपैयाँ असुल्ने गरेको दाबी गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    तर स्थानीय व्यापारी र यातायात व्यवसायीहरूले भने भिडियोमा देखाइएको आरोप वास्तविकतामाथि आधारित नभई प्रहरीलाई बदनाम गर्ने नियोजित प्रयास भएको बताएका छन्।

    AGNI GROUP

    कोटेश्वरका एक व्यापारीका अनुसार, केही दिनअघि अरनिको यातायातका गाडीहरू नो–पार्किङ क्षेत्रमा रोकिँदा स्कुटर दुर्घटनामा परी एक जनाको ज्यान गएको थियो। त्यसपछि ट्राफिक प्रहरीले यस्ता घटना रोक्न कडाइका साथ नियम लागू गर्न थालेको हो। “रातदिन सडकमा खटिने निर्दोष ट्राफिक प्रहरीलाई पैसा खाने भन्दै जनतामाझ गलत सन्देश फैलाउने प्रयास गरिएको छ,” उनले भने।

    भाइरल बनेको भिडियोमा ट्राफिक प्रहरीमाथि अवैध असुलीको आरोप लगाइए पनि स्थानीय व्यापारी र यातायात व्यवसायीले यो नियोजित प्रचार भएको दाबी गरेका छन्। प्रहरी प्रशासनले घटनाबारे अनुसन्धान अगाडि बढाइरहेको छ।

    यातायात व्यवसायीहरूले पनि भिडियोमा गरिएको दाबी असत्य भएको उल्लेख गरेका छन्। “हामी दशकौँदेखि यो क्षेत्रमा व्यवसाय गर्दै आएका छौं, तर ट्राफिकले विना कारण दुःख दिएको अनुभव छैन,” एक व्यवसायीले प्रस्ट पारे।

    यसैबीच, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले भिडियोबारे अनुसन्धान भइरहेको र आवश्यक तथ्य बाहिर ल्याइने बताए। स्थानीय समुदाय र व्यवसायीहरूका अनुसार कोटेश्वरमा ट्राफिक प्रहरीमाथि लगाइएको “आर्थिक आतंक” को आरोप नियोजित षड्यन्त्र हो। प्रहरी प्रशासनले अनुसन्धान सुरु गरिसकेकोले वास्तविकता चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij