Logo

Sep 03 2025 | २०८२, भदौ १८ गते

Sep 03 2025 | २०८२, भदौ १८ गते

तराई–मधेसमा सर्पदंशका घटना बढ्दै, सात जनाको मृत्यु

तराई–मधेसमा सर्पदंशका घटना बढ्दै, सात जनाको मृत्यु

  • काठमाडौं । तराई–मधेसका जिल्लामा सर्पदंशका घटना दिनानुदिन बढ्दै गएका छन् । प्रादेशिक अस्पताल जनकपुरधामका अनुसार दैनिक पाँच र छ जना बिरामीहरू सर्पदंशको कारण अस्पताल भर्ना भइरहेका छन् ।

    images
    images
    images

    अस्पतालका आपतकालिन सेवा कक्ष प्रमुख उज्ज्वल झाले जानकारी दिएअनुसार, २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ ।

    images

    हालसम्म सर्पदंशका कारण प्रादेशिक अस्पतालमा सात जनाको मृत्यु भएको जानकारी दिइएको छ । उनले भने, ‘समयमै अस्पताल पुग्ने भएकाले मृत्यु दरमा कमी आएको छ ।

    अस्पतालले वर्षा र गर्मीको समयमा सचेत रहन र सर्पले टोकिहाले नजिकैको स्वास्थ्य संस्था तुरुन्त सम्पर्क गर्न स्वास्थ्यकर्मीहरूको सुझाव दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij