Logo

Sep 07 2025 | २०८२, भदौ २२ गते

Sep 07 2025 | २०८२, भदौ २२ गते

एभरेष्ट बैंक

एभरेष्ट बैंकको सीईओमा पुनः सुदेश खालिङ नियुक्त

एभरेष्ट बैंकको सीईओमा पुनः सुदेश खालिङ नियुक्त

  • काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ पुनः नियुक्त भएका छन् । हाल सीईओ नै रहेका खालिङलाई आगामी चार वर्षका लागि पुनः नियुक्त गरिएको हो ।

    images
    images
    images

    कम्पनी सचिव सुरेश चापागाईँका अनुसार आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले खालिङलाई पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images

    सीईओ खालिङको हालको चार वर्षे कार्यकाल आउँदो असोज ७ गते सकिँदै छ । उनलाई कार्यकाल सहिएको भोलीपल्ट अर्थात् असोज ८ गतेदेखि लागू हुने गरी पुनः चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।

    खालिङसंग तीन दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij