Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

कोशीका सहरमा पनि जेनजीको आन्दोलन

कोशीका सहरमा पनि जेनजीको आन्दोलन

  • काठमाडौं । सोमबार काठमाडौंको माइतीघर सहित देशैभरका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।

    images
    images
    images

    जसअन्तर्गत कोशी प्रदेशको विराटनगर, इटहरी सहितका प्रमुख सहरमा पनि यो पुस्ताले आन्दोलन गर्ने भएको छ ।

    images

    सामाजिक संञ्जालहरुमा राखिएको सूचनाअनुसार कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा बिहान ११ बजेबाट आन्दोलन सुरु हुने छ भने, विराटनगरमा पनि सनसारीमाइस्थानदेखि सिडियो कार्यालयसम्म आन्दोलन गरिने जनाइएको छ ।

    जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन् । उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए । जसको राजनीतिक दलदेखि संघसंथासम्मले समेत साथ दिइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij