
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा घाइते भएकाहरूको संख्या बढ्ने क्रममा छ । सोमबार सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलन हिंसात्मक बन्न पुगेको थियो ।
सो क्रममा १४ जनाको मृत्यु भइसकेको छ । विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।
ट्रमा सेन्टरमा मात्रै ४९ जना घाइते उपचाररत छन् । अन्य अस्पतालहरूमा पनि घाइतेको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार, घाइतेमध्ये अधिकांशलाई गोली लागेको छ ।
‘गोली लागेका बिरामीहरू नै धेरै छन् । धेरैलाई रबरको गोली र छर्रा लागेको देखिन्छ,’ ती चिकित्सकले भने ।
घाइतेहरूको सुची:
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij