Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

संसद् विघटन प्रकरण : सरकारी पक्षलाई माघ ३० बहस सक्न प्रधानन्यायाधीशको निर्देशन

संसद् विघटन प्रकरण : सरकारी पक्षलाई माघ ३० बहस सक्न प्रधानन्यायाधीशको निर्देशन


  • काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । रिट निवेदकका तर्फबाट बहस सकिएपछि सरकार पक्ष अर्थात विपक्षीका तर्फबाट बहस भइरहेको छ । गत सोमबारबाट सरकार पक्षबाट बहस भइरहेको छ । यसैक्रममा आइतबार (माघ २५)को बहसमा इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले यही माघ ३० गतेभित्र आफ्नो बहस सक्न सरकारी पक्षलाई आग्रह गरेका छन् । 

    images
    images
    images

    प्रधानन्यायाधीश जबराले सबै विपक्षीहरुको तर्फबाटको बहस यही माघ ३० गतेभित्र सक्नु पर्ने बताएका हुन् । गत पुस ५ गते गरिएको प्रतिनिधि संसद् विघटनविरुद्ध १३ वटा रिट परेका छन् । सो रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विपक्षी बनाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij