
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । वार्षिक ९ प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८२’ राष्ट्र बैंकले बिक्रिमा ल्याएको हो । उक्त बचतपत्रमा नेपाली नागरिकले मात्र खरिद गर्न सक्ने सुचनामा उल्लेख गरीएको छ । बैंकले फागुन २५ गतेदेखि ५ वर्षका लागि निष्कासन गरेको नागरिक बचतपत्र २०८२ मा ६र६ महिनामा ब्याज भुक्तानी हुने जनाएको छ ।
उक्त बचतपत्रमा आजबाट फागुन १८ गतेसम्म इच्छुक नेपाली नागरिकहरुले बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिनेछ । आवेदन फाराम बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र राष्ट्र बैकका प्रदेशमा रहेका कार्यालयबाट निशुल्क लिन र बुझाउन सकने बैकले व्यवस्था गरेको छ । त्यसको साथै फाराम केन्द्रिय बैंकको वेबसाइटबाट डाउनलोड गर्न पनि सकिने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij