Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । सभामुख डीपी अर्यालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल(जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गरे।
उनले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य अझ विस्तार हुने अपेक्षा राखे।
राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्त्व दिएको उल्लेख गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij