Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी

प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सदनमा आएर प्रधानमन्त्रीले आफ्नो विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएको छ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रमेश हमालले प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउने र संसद्को रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्‍याए।

    AGNI GROUP

    अहिले नेकपासहित विपक्षी दलका सांसदहरूले बैठकको सुरुमा उठेर आफ्नो कुरा राखेर बैठक चल्न दिने गरेको छ । तर, प्रधानमन्त्री नआए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएका हो ।

    उनले भने, ‘हामीले भनिरहेका छौँ यो संसद्को रेकर्डबाट, अभिलेखबाट यो शब्द हटाइयोस् । यतिका दिन भइसक्यो तर प्रतिफल अपेक्षित आएको छैन । त्यसैले गर्दाखेरि हामीले विरोध जारी राख्नुपरेको छ । हामीले विरोधको यो रूप यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो, सभामुखले यथाशीघ्र रुलिङ गर्नुपर्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट