Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

कारको झ्यालबाट जिउ निकालेर रम्दै जेनजी माननीयज्यु, भिडिओ कहिलेको ?

कारको झ्यालबाट जिउ निकालेर रम्दै जेनजी माननीयज्यु, भिडिओ कहिलेको ?

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की जेनजी सांसद सृष्टी भट्टराईको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा दौडिरहेको छ । भिडिओमा उनी गुडिरहेको कारको झ्यालबाट आधाभन्दा बढी जिउ बाहिर निकालेर मस्ति मुडमा यात्रा गरिरहेको देखिएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    राजमार्गको यात्रामा यसरी झ्यालबाट जिउ निकाल्नु निकै असुरक्षित मानिन्छ । सांसदजस्तो जिम्मेवार व्यक्तिले यसरी गैरजिम्मेवार र उत्ताउलोपन देखाएको भन्दै धेरैले सामाजिक सञ्जालमा आपत्ति जनाइरहेका छन् ।

    AGNI GROUP

    हालैमात्र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ एक हातले मोटरसाइल चलाउँदै भिडिओ खिच्दा दुघर्टनामा परेका थिए । उनलाई ट्राफिक कारवाहीसमेत भएको थियो । सृष्टीलाई पनि कारवाही हुन्छ कि हुँदैन भन्ने धेरैको प्रश्न छ ।

    सृष्टीले ड्राइभर छेउको सिटमा बसेर आधाभन्दा बढी जिउ बाहिर निकालेकी मात्र छैनन्, बच्चाले झैं बबल फुलाएर थप मजा लिइरहेकी छन्। ब्याक ग्राउन्डमा अंग्रेजी गीत हालेर सृष्टीले गज्जबको भिडिओ त बनाएकी छिन्, तर उनको यो हर्कत सडक सुरक्षाका दृष्टिकोणले निकै महत्वपूर्ण छ । यस्तोमा अर्को दिशाबाट उच्च गतिमा आएको सवारी साधनले ठक्कर दिनसक्ने सम्भावना हुन्छ ।

    यो भिडिओ सृष्टी सांसद हुनुभन्दा अगाडिकै हो । गत फागुन २१ गते (प्रतिनिधिभा चुनाव भएकै दिन) यो भिडिओ उनले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । त्यसबेला उनी रास्वपाको समानुपातिकको बन्दसूचीमा परिसके पनि सांसद बन्ने वा नबन्ने निश्चित भइसकेको थिएन । यद्यपि, अहिले पनि यो भिडिओ उनको इन्स्टाग्राममा यथावत नै छ ।

    सृष्टी संसदभित्र त्यति सक्रिय छैनन् । तर पनि उनलाई चर्चाको कमि भने छैन । धेरै चर्चा चाहिँ उनको सुन्दरतालाई लिएर हुने गरेको छ । केही दिनअघि सृष्टीले आफ्नो अत्यधिक सुन्दरताका कारण आलोचना खेप्नु परेको गुनासो सामाजिक सञ्जालमा गरेकी थिइन् ।
    उनले लेखेकी थिइन्–

    ‘अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा (वहाहरुको स्टेटमेन्ट)आलोचना गरिरहेको छ १ पाखण्डीपनको पराकाष्ठा । अब म आलोचनाको कारण निराश हुने कि,मेरो सुन्दरताले यति धेरै ध्यान तानेकोमा ।

    सृष्टी सांसद बन्नुअघि सुनसरी जिल्ला अदालतमा बाल विशेषज्ञका रुपमा कार्यरत थिइन् । उनी कोशी प्रदेशमा करिअर काउन्सीलरका रुपमा पनि सक्रिय थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट