Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले एकै दिन दुई हजार २९९ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । यसबाट राज्यकोषमा २१ लाख ८६ हजार ५०३ राजस्व दाखिला भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मादक पदार्थ सेवन गरेका ९५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ९९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन चलाउने १४७ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार लेन’ अनुशासन पालना नगर्ने १०८, निषेधित क्षेत्रमा हर्न बजाउने ११५, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ९८ र अन्य सवारी नियम उल्लङ्घन गर्ने एक हजार ४२१ जनालाई कारबाही गरिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij