Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

हेटौँडाले जोड्यो श्रमिकलाई सुरक्षा कोषमा

हेटौँडाले जोड्यो श्रमिकलाई सुरक्षा कोषमा

  • काठमाडौं । श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्ने स्थानीय तहमा हेटौँडा उपमहानगरपालिका पनि थपिएको छ ।

    onlinepatrika
    Arghakhachi

    श्रम तथा रोजगार मन्त्रालयको आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको हो ।

    AGNI GROUP

    मङ्गलवार औपचारिक कार्यक्रम गर्दै उपमहानगरभित्र रहेर विभिन्न क्षेत्रमा काम गरिरहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै उपमहानगरकी मेयर मिनाकुमारी लामाले परिचयपत्र वितरण गरिन् । ६० जना श्रमिकलाई उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रले कोषमा आबद्ध गराएको हो ।

    कोषमा आबद्ध गराउन उपमहानगरले प्रतिश्रमिक एक हजार १४० र योगदानकर्ताले एक हजार ३४० रुपियाँ प्रतिमहिना जम्मा गर्नुपर्ने छ ।

    उपमहानगर क्षेत्रमा घरेलु कामदार, कृषि क्षेत्र र निर्माण क्षेत्रमा कार्यरत श्रमिक समावेश गरेको सेवा केन्द्रले जनाएको छ ।

    कोषमा आबद्ध श्रमिकलाई परिचयपत्र वितरण गर्दै मेयर लामाले आगामी दिनमा थप श्रमिकलाई जोड्दै जाने बताइन् ।

    कोषमा आबद्ध हुनु भविष्यका लागि राम्रो हुने भएकाले आफूसँगै श्रममा रहेकालाई पनि जोड्न उनले सुझाव दिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij