Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

इरानसँग वार्ताको दोस्रो चरण पहिलो भन्दा सजिलो हुन्छः ट्रम्प

इरानसँग वार्ताको दोस्रो चरण पहिलो भन्दा सजिलो हुन्छः ट्रम्प

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ताको आगामी दोस्रो चरण पहिलो चरणभन्दा अझ सजिलो हुने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    युद्ध अन्त्यबारे हालै घोषणा गरिएको प्रारम्भिक समझदारीपत्र (एमओयू) पछि अब वार्ता अर्को चरणमा प्रवेश गर्ने तयारीमा छ । यही क्रममा फ्रान्समा जारी जी–७ शिखर सम्मेलनको छेकोमा कतारका अमिरसँगको भेटका क्रममा ट्रम्पले भने, ‘यो दोस्रो चरणमा जान्छ, जुन मलाई लाग्छ वास्तवमै सजिलो हुनेछ,’ ।

    AGNI GROUP

    अमेरिकी अधिकारीहरूका अनुसार आगामी चरणमा इरानको आणविक कार्यक्रमसम्बन्धी प्राविधिक वार्ता हुनेछन्। साथै इरानलाई दिइने आर्थिक राहत, वित्तीय व्यवस्था तथा स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने विस्तृत विषयमा छलफल गरिनेछ । 

    अमेरिकाले इरानमा कुनै पनि पैसा लगानी नगर्ने ट्रम्पले स्पष्ट पारेका छन् । उनका अनुसार केही सहयोगीहरूमा इरानले अमेरिकी कोष प्राप्त गर्ने भन्ने चिन्ता बढेको भए पनि त्यसलाई उनले अस्वीकार गरेका हुन् ।

    अधिकारीहरूका अनुसार प्रस्तावित योजनाअन्तर्गत करिब ३०० अर्ब अमेरिकी डलरको पुनर्निर्माण कोष खाडी मुलुकहरूको सहयोगमा तयार गरिनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij