Logo

Jun 17 2026 | २०८३, असार ३ गते

Jun 17 2026 | २०८३, असार ३ गते

कालीमाटी-बल्खु क्षेत्रमा यात्रु ठग्ने र हैरानी दिने ३५ जना नियन्त्रणमा

कालीमाटी-बल्खु क्षेत्रमा यात्रु ठग्ने र हैरानी दिने ३५ जना नियन्त्रणमा

  • काठमाडौं । उपत्यकाका कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई अनावश्यक रूपमा झम्टिने, बढी भाडा माग्ने तथा बार्गेनिङ गरी अस्वाभाविक रकम असुल्ने गतिविधिमा संलग्न ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधवार बिहान विशेष अभियान सञ्चालन गर्दै उनीहरूलाई पक्राउ गरेको हो । काउन्टर वरिपरि सक्रिय रहेका ती व्यक्तिहरूले बल्खु हुँदै बाहिरिने यात्रुहरूलाई लक्षित गरी लामो समयदेखि हैरानी दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

    AGNI GROUP

    प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइनेछ । उनीहरूविरुद्ध सार्वजनिक हितविरुद्धको कसुर अन्तर्गत अनुसन्धान अघि बढाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    उक्त अभियान यात्रुहरूलाई सुरक्षित र सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट