Logo

Jun 17 2026 | २०८३, असार ३ गते

Jun 17 2026 | २०८३, असार ३ गते

सेफ सन्तोष साह भन्छन्- साढे ४ लाख चेकको विवाद मात्र हो

सेफ सन्तोष साह भन्छन्- साढे ४ लाख चेकको विवाद मात्र हो

  • काठमाडौं । मिथिला थाली चेन रेस्टुरेन्टका सञ्चालक तथा चर्चित सेफ सन्तोषकुमार साहले आफूविरुद्धको मुद्दा २ करोड २५ लाख रूपैयाँको रेस्टुरेन्ट खरिद विवाद नभई ४ लाख ५० हजार रूपैयाँको चेकसँग सम्बन्धित रहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा शुक्रबार पक्राउ परेका उनी हाजिरी जमानीमा छुटेका थिए । प्रहरीले गैरीधारास्थित रेस्टुरेन्ट खरिद गर्दा सहमति अनुसारको रकम नतिरेको र केही चेक सटही नभएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

    AGNI GROUP

    साहले भने ‘शीला रेस्टुरेन्ट’ खरिदपछि घरबेटी र रेस्टुरेन्टबीचको पुरानो भाडा विवाद तथा बैंक ऋणको जिम्मेवारीसमेत आफूले लिएको दाबी गरेका छन्। उनले २५ लाख रुपैयाँको चेकको रकम भुक्तानी गरिसकेको र अहिलेको विवाद ४ लाख ५० हजार रूपैयाँको चेकसँग मात्र सम्बन्धित रहेको बताएका छन्।

    प्रक्रिया, सामाजिक सञ्जालमा भाइरल भएको भिडिओ र आफूलाई ‘फ्रेम’ गरिएको भिडिओ क्लिपप्रति आपत्ति जनाएका छन्।

    तीन घण्टाको छलफलको क्रममा अर्को पक्षले दुर्व्यवहार गरेको र आफूमाथि थुकेको उनको दाबी छ । आफ्नो आक्रोश देखिएको केही सेकेन्ड मात्र काटेर सार्वजनिक गरिएको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट