Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

निफ्राको शेयर मूल्य १०० प्रतिशतले घट्यो, कारोबार स्थगित

निफ्राको शेयर मूल्य १०० प्रतिशतले घट्यो, कारोबार स्थगित

  • काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार प्रणालीमा समस्या देखिएको छ। बुधबारको कारोबारमा नेप्सेको नयाँ तथा पुराना दुवै वेबसाइटले गलत तथ्यांक देखाईरहेका छन् । नेप्सेको वेबसाइटमा धेरै गुमाउने कम्पनीको सुचिमा पहिलो नम्बरमा निफ्रा रहेको छ जसको शेयर मूल्य १ सय प्रतिशतले घटेको देखाईएको छ  । त्यस्तै टिएमएसमा पनि निफ्राको शेयर ५९४ रुपियाँले घटेर शुन्यको मूल्यमा कारोबार भएको देखाएको छ  । निफ्राको शेयरको गलत तथ्यांकले समग्र सूचक नै गलत देखाएको हुन सक्ने कतिपय लगानीकर्ताको अनुमान छ । नेप्सेले भने अहिलेसम्म निफ्राको शेयर मूल्य के कारण यस्तो भएको हो भन्ने बारे लगानीकर्तालाई केहि पनि जानकारी दिएको छैन ।  तर नेप्सेले टिएमएसबाट निफ्राको कारोबार हुन नसक्ने गरी कम्पनीको नाम हटाएको छ । यसो हुँदा बिक्रि वा खरिद अर्डर हाल्न मिलेको छैन । यसको पनि जानकारी लगानीकर्ताले आधिकारिक रुपमा पाएका छैनन् । निफ्रा किन हटाईयो भन्नेबारे समेत नेप्सेले जानकारी दिएको छैन । 

    images
    images
    images

    नेप्सेको वेबसाइटले नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको शेयर मूल्य १ सय प्रतिशतले घटेको देखाएको छ  । जबकी कुनै एक दिन एउटा कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा धेरैले घटबढ हुन पाउदैन  । नेप्सेले सहि सूचना नदिँदा लगानीकर्ता अलमलमा परेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij