Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

स्थायी समितिमा ओली र प्रचण्डकै प्रस्ताव बाँडियो, अध्ययनका लागि ७ दिनको समय

स्थायी समितिमा ओली र प्रचण्डकै प्रस्ताव बाँडियो, अध्ययनका लागि ७ दिनको समय

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा दुबै अध्यक्षको प्रस्तावलाई छलफलमा लगिएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकमा सदस्यहरुलाई दुबै प्रस्ताव वितरण गरिएको छ भने सो प्रस्ताव अध्ययनका लागि ७ दिनको समय प्रदान गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव अध्ययनका लागि ७ दिनको समय दिइएको र मंसिर २८ गतेका लागि अर्को बैठक तय गरिएको जानकारी दिए । कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले प्रधानमन्त्री समेत रहेका पार्टी अधयक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले मंसिर १३ गते छुट्टै प्रस्ताव ल्याएका थिए । 

    AGNI GROUP

    तर ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नै हुन नसक्ने अडान लिँदै आएका छन् । सोही अडान लिँदै आजको बैठकमा ओली सहभागी भएनन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij