
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । जिल्ला सदमुकाम सिरहास्थित चन्द्र नमूना मा.वि. (प्राविधिक) का शिक्षकले फरक फरक जन्ममितिका चार वटा नागरिकता बनाएर उमेर ढाँटेर चारवटा नागरिकता बनाए र हदभन्दा बढी शिक्षण गरिरहेको खुलेपछि अनिवार्य अवकाश दिइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ सिरहाको निर्णय अनुसार नि.मा.शि.(द्वितीय) दरबन्दीका शिक्षक सकलदेव यादवलाई उमेर हद १४ महिना ६ दिन बढी भेटिएपछि अनिवार्य अवकाश दिइएको निमित्त इकाइ प्रमुख शशिकुमार यादवले जानकारी दिए ।
त्यसको बोधार्थ राष्ट्रिय निजामती किताबखाना, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, जिल्ला प्रशासन कार्यालय सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहा, सिरहा नगरपालिका र सम्बन्धित विद्यालयलाई दिइएको छ । उमेर बढाएर राज्य कोषबाट तलव, ग्रेडसहित अन्य सेवा सुविधावापत् लिएको रकम फिर्ताका लागि जिल्ला सरकारी वकिल कार्यालयसँग परामर्श गरी आवश्यक कदम चालिने इकाइले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij