Jun 17 2026 | २०८३, असार ३ गते
भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले चीनसँग सुमधुर सम्बन्ध चाहेको बताउँदै त्यसका लागि जिम्मेवार नभए आफूहरू चुप नलाग्ने चेतावनी दिएका छन्। चेन्नईमा आयोजित इन्डिया–टुडे कन्क्लेभमा जयशंकरले ‘चीनले आफूहरूलाई बन्दुक देखाए जवाफमा भारतले पनि बन्दुक नै देखाउने’ बताएका हुन्। इन्डिया–टुडेका पत्रकार राहुल कवलसँगको अन्तर्वार्तामा उनले विश्वशक्तिका रूपमा उदाउँदै गरेको भारतका लागि आगामी दिनहरू चुनौतीपूर्ण रहेको र त्यस्ता चुनौती सामना गर्न वर्तमान राजनीतिक नेतृत्व सक्षम रहेको दाबी गरे। कान्तिपुरमा खबर छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij